सिरि ‘ए’ फुटबलमा लाजियोको कठिन जित

एजेन्सी । इटालियन लिग सिरि ‘ए’ फुटबल प्रतियोगिता अन्तर्गत लाजियोले कठिन जित निकालेको छ । 

सोमवार राति सम्पन्न भएको २२ औँ चरणको खेलमा लाजियोले रेलिगेसनमा रहेको फ्रोसिनोनलाई १-० गोल अन्तरले पराजित गरेको हो । लाजियोको लागि खेलको ३६ औँ मिनेटमा फिलिपे काईसिडोले गरेको एक मात्र गोल नै निर्णायक बनेको थियो ।

प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलको निर्धारित समयसम्म फ्रोसिनोनले पनि केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेन र खेलमा १-० को हार बेहो-र्यो । जितपछि लाजियो ३५ अंकका साथ लिगको सातौं स्थानमा छ । 

त्यस्तै सोमवार राति नै भएको अर्को खेलमा एट्लान्टाले काग्लियारीलाई १-० गोल अन्तरले पराजित ग-यो । जितपछि लिगको छैटौं स्थानको एट्लान्टाले २५ अंक बनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?