नागरिक लगानी कोषलाई १९ करोड नाफा

काठमाडौं। नागरिक लगानी कोषलाई चालु आर्थिक वर्षको छ महिनामा १९ करोड २ लाख रुपैयाँ नाफा भएको छ ।

कोषलाई १ सय ३७.१६ प्रतिशतले नाफा भएको हो । कोषले बिभिन्न क्षेत्रमा लगानी गर्दै आएको छ जसबाट १ सय २० प्रतिशत आम्दानी वृद्धि गरेको हो  । कोषको अनुसार छ महिनाको आमदानी ३५ करोड ६२ लाख रुपैयाँ रहेको जनाएको छ । 

लाभांस आम्दानी पनि २ सय ४० प्रतिशतले बृद्धि भएर ७५ लाख रुपैयाँ भएको छ।

कोषको सञ्चालन खर्च ७५ प्रतिशतले बढेर ७ करोड ५४ लाख रुपैयाँ पुगेको छ भने  बैंक तथा वित्तीय संस्थामा रहेको बचतबाट व्याज आम्दानी २ सय १२ प्रतिशतले बढेर २ करोड ५० लाख रुपैयाँ रहेको जनाएको  छ।

दीर्घकालिन फण्डको अन्तर्गत कोषले एक अर्ब १३ अर्ब रुपैयाँ संकलन गरेको छ। फण्डले निक्षेप सहित विभिन्न क्षेत्रमा जम्मा एक अर्ब २० अर्ब रुपैयाँ लगानी गरेको  हो । दोस्रो बजारमा शेयर कारोबार गर्नको लागि स्टक डिलरको काम पनि सुरु गरिसकेको भएता पनि  फण्डले पछिल्लो समय विभिन्न क्षेत्रमा आफ्नो लगानी विस्तार गर्दै आएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?