किन सर्वोच्च अदालतको फैसलालाई आफ्नो जीतको घोषणा गरिन् ममता बनर्जीले ?

एजेन्सी । सर्वोच्च अदालतले कोलकाता पुलिस आयुक्त राजीव कुमारलाई भन्यो सरदहा चिट घोटाला को जाँचमा  सीबीआईलाई सहयोग गर्नु ।  तर अदालतले यो पनि भनेको छ कि सीबीआईले कुनै पनि  बल प्रयोग पर्न पाउने छैन् र पुलिस आयुक्तलाई पक्राउ गर्दैन् । मात्र सोधपुछ गर्न पाउनेछ । 

यसै सन्दर्भमा ममता बनर्जीले आफ्नो विजय भएको घोषण गरेकी छिन् । उनले भनिन् कि सर्वोच्च अदालतले गरेको फैसलाले संविधान र लोकतन्त्रले  विजय पाएको छ ।

कोलकतामा धर्नामा बसेकी ममताले सर्वोच्च अदालतको फैसाला पछि पत्रकारहरुसँग कुरा गर्दै भनिन्, 'यो फैसलाबाट जनताको जीत भएको हो  । संविधान र लोकतन्त्रको जीत हो ।'

किन यसलाई उनी आफ्नो जीतको घोषणा गरेको भन्ने प्रश्नमा ममताले आफ्नो धेरै कारणहरु बताइन् । 

१.सीबीआईले  सर्वोच्च अदालतसँग अपिल गरेको थियो कि ममताको सरकारको विरुद्ध अदालतमा मानहानिको मुद्दा चलाइयोस, जसलाई अदालतले अस्वीकार गरेको छ ।  

२. सीबीआईले राजीब कुमारको विरुद्धमा पनि थुप्रे आरोपहरु लगाएको थियो जसलाई अदालतले खारेज गरेको छ । 

३.सर्वोच्च अदालतले कुनै तेस्रोस्थानमा राजीव कुमारलाई सोधपुछ गर्न भनेको थियो जसका लागि राजीव कुमार र पश्चिम बंगाल सरकार सधै तयार थिए। अब शिलोंगमा राजीव कुमारलाई सोधपुछ गरिने छ । 

४.सीबीआईको इच्छा थियो कि राजीव कुमार को गिरफ्तार गर्ने, तर सर्वोच्च अदालतले सीबीआईलाई  उनलाई गिरफ्तार नगर्न आदेश दिएको छ ।

सीबीआई यो मुद्दाहरु लिएर सोमवार अदालत गएको थियो तर अदालतले मंगलवारको लागि सुनुवाई सारेको थियो । सीबीआई को धेरै अनुरोधको पनि अदालत यो मुद्दाको सुनुवाई पाँच मिनेट समाप्त गरिदिएको थियो । 

सर्वोच्च अदालतले केन्द्रीय सरकारलाई उसको दावीको पक्षमा प्रमाण मागेको थियो जसमा कलकोताको आयुक्तर राजीव कुमारले प्रमाण नष्ट गरेको आरोप लागेको थियो । 

सुनुवाईको क्रममा मुख्य न्याय रजजन गोओले भने, 'रेकर्डमा के-के छ? हामीले तपाईको आवेदन पढेका छौ र यसमा कुनै कुराहरुले पनि  राजीव कुमारले नै प्रमाणहरु नष्ट गरेको पुष्टि गरेको छैन् ।'

सलिसीटर जनरल तुषार मेहताले यो मुद्दाको तुरुन्त सुनुवाईको माग गरेका थिए  तर मुख्य न्यायाधीशले उनलाई प्रतिक्षा गर्न आग्रह गरे।

केन्द्रिय कानून मन्त्री रवि शंकर प्रसादले भने,  'पुलिस आयुक्त राजीव कुमारमा यस्तो के कुरा छ जसलाई सोधपुछ हुनुपर्छ भन्दैमा धर्न नै बस्नु पर्यो । जुन ममता, आफ्नो साथीहरुको गिरफ्तारी हुँदा कुनैपनि आवज उठाइनन् , किन उनी एक पुलिसलाई सोधपुछ गर्ने भन्दा उनी धर्नामा बसिन् । यो सत्य हो कि उसलाई धेरे कुरा थाहा छ जसका कारण ममता यति डराएकी छिन् ।'

ममता बनर्जी भारतीय राज्य पश्चिम बङ्गालकी मुख्यमन्त्री एवं तृणमूल कांग्रेस की प्रमुख हुन। ३४ वर्षदेखि लगातार शासन गर्दै आएको वामपन्थी विरुद्ध विजय भएकी ममता बर्नर्जी पश्चिम बङ्गालको पहिलो महिला मुख्यमन्त्री बनेकी हुन् । पश्चिम बङ्गालमा उनका कार्यकर्ताले उनलाई दिदी भनेर सम्बोधन गर्छन। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?