विद्यालय परिसरमा महिलाको शव फेला, घटनाबारे अनुसन्धान शुरु

भीमदत्तनगर ।  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ स्थित मङ्गल प्रावि परिसरमा आज बिहान एक महिलाको शव भेटिएको छ । 

आँखा र पेटमा सामान्य चोट लागेको तर पहिचान हुन नसकेको ४५/५० वर्षीया महिलाको शव भेटिएको झलारी इलाका प्रहरी कार्यालयले जनाएको छ ।

शव परीक्षणका लागि भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पताल पु-याइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब निरीक्षक मनोहर चन्दले जानकारी दिए ।  सोमबार पनि बेदकोट नगरपालिकाको दैजीमा बेवारिसे शव भेटिएको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?