टेलिकमद्वारा विभिन्न प्याकेज र छुटको व्यवस्था

काठमाडौं । नेपाल टेलिकमले विभिन्न सेवामा प्याकेज र छुटको व्यवस्था गरेको छ । 

टेलिकमले १५ औं वार्षिक उत्सवको अवसरमा कम्पनीका विभिन्न सेवामा प्याकेज र छुटको व्यवस्था गरेको हो ।

माघ २२ देखि फागुन २२ गते एक महिनासम्म एनटी मोवाइल एप डाउनलोड र रजिष्ट्रेशनमा निशुल्क १०० एमबी डाटा उपलब्ध गराउने भएको छ ।

त्यस्तै पोस्ट पेडका ग्राहकलाई ९०० को रिचार्जको प्याकेजमा प्रतिमहिना ३.३ जीबी डाटा र ५ सयको रिचार्जमा फ्री रिसोर्स उपलब्ध गराउनुका साथै माघ २३ देखि फागुन ८ सम्म रजिस्टर हुने नयाँ पोस्टपेड ग्राहकलाई ३ महिनासम्म प्रतिमहिना १ जीबी अलटाइम डाटा र १०० मिनेटसम्म भ्वाइस बोनस दिने घोषणा टेलिकमले गरेको छ ।

यसैगरी टुरिस्ट प्याकेजअन्तर्गत ५ सय रुपैयाँमा ५ जीबी डाटा र नेपाल टेलिकमको नेटवर्कमा ५० मिनेट भ्वाइस कल, ५० वटा एसएमएस र १०० को अन्तर्राष्ट्रिय कलसमेत गर्न सकिने टेलिकमले जनाएको छ ।

साथै १००० मा १० जीबी डाटा, नेपाल टेलिकमको नेटवर्कमा १०० मिनेट भ्वाइस कल १०० वटा एसएमसए र २०० को अन्तर्राष्ट्रिय कल गर्न सकिने व्यवस्था गरेको छ ।

माघ २२ देखि ९० दिनसम्म दैनिक, साप्ताहिक, तथा मासिक चाइना कल प्याकेजमा ३५ रुपैयाँमा १० मिनेट, १५० रुपैयाँमा ४५ मिनेट र ५०० मा १६५ मिनेट भ्वाइस कल दिने टेलिकमले बताएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?