काठमाडौं । साढे ३३ किलो सुन तस्करी र मोरङका सनम शाक्य हत्या प्रकरणमा जोडिएका हरिशरण खड्का पक्राउ परेका छन् ।
खड्का संयुक्त अरब इमिरेटस यूएईमा पक्राउ परेका हुन् ।
नेपाल प्रहरीको आग्रहमा यूएईको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
खड्काविरुद्ध इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी भएको थियो ।
यूएईबाट सुन किनेर नेपाल पठाउन खड्कासहितको समूहले भूमिका खेलेको सरकारले गठन गरेको विशेष छानविन समितिको अनुसन्धानले देखाएको थियो ।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार दुबई प्रहरीले हरिशणलाई पक्राउ गरेको हो, उनलाई नेपाल ल्याउने तयारी भइरहेको छ ।
वैदेशिक रोजगारीको शिलशिलामा यूएई छिरेका खड्का रेष्टुरेण्ट व्यवसायको आवरणमा त्यहाँ बसेर सुन तस्करी तथा हुन्डीको कारोबारमा संलग्न रहेको दाबी समितिको थियो ।
उनलाई ‘डिपोर्ट’ गराएर नेपाल ल्याउने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ ।
काभ्रे घर भएका खड्कालाई फरार प्रतिवादी बनाई जिल्ला प्रहरी कार्यालय मोरङले गत वैशाख १८ गते जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।
इन्टरपोल नेपाल शाखाको सिफारिसमा खड्कासहित मुख्य लगानीकर्ता मानिएका एमके भनिने मोहनकुमार अग्रवाल, बेनु श्रेष्ठविरुद्ध नोटिस जारी गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया