टुँडिखेलमा सोनाम ल्होछारको रौनक ! (फोटोफिचर)

काठमाडौं । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम  गरी मनाइँदैछ । 

मञ्जुश्री पात्रोअनुसार आजदेखि कुकुर वर्ष पूरा गरी सुँगुर वर्ष प्रवेश हुन्छ । यो २८५५ औँ सोनाम ल्होछार हो । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार पर्व मनाइन्छ ।

ल्होसारका १२ वटै वर्ष पशुपक्षीको नामबाट गणना गरिएको हुन्छ । मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ ।

यस अवसरमा नेपाल तामाङ घेदुङलगायत संस्थाले टुँडिखेलमा विशेष कार्यक्रमको  गरेको छ ।  सोनाम ल्होछार महोत्सवका गरि तामाङ खाना, भेशभूषा, कला संस्कृतिलगायतको प्रदर्शन पनि गरिएको छ । 

नेपालका तामाङसहित ह्योल्मो, थकाली समेतले नयाँ वर्ष अर्थात सोनाम ल्होछार मनाइरहँदा चीन, सिंगापुर, मलेशिया, भारत, थाइल्यान्ड, मंगोलिया, भियतनाम, भुटान, लाओस, म्यानमार, जापानलगायतका देशमा समेत फरक–फरक नाम र शैलीमा आजैका दिन नयाँ वर्ष मनाइँदैछ ।

सोनाम ल्होछारको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा लोकपथको क्यामराको लेन्सले कैद गरेको सुन्दर तस्वीर :-
 

 

तस्वीर: कृष्ण थलङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?