काठमाडौं । नेपालको आन्तरिक हवाइ भाडा घटेको छ ।
नागरिक उड्डयन प्राधिकरणले भोलिदेखी लागू हुनेगरी हवाइ भाडा घटाएको हो ।
गत राति १२ बजेबाट पेट्रोलियम पदार्थसहित हवाइ इन्धनको मूल्य घटाएसँगै क्यानले आन्तरिक तर्फको हवाई इन्धनको मूल्य घटाएको हो ।
क्यानले न्यूनमत ६० देखि अधिकतम ७५० रुपैयाँसम्म घटाएको हो ।
काठमाडौंदेखि धनगढीसम्मको भाडा ६ सय १५ रुपैयाँले घटेको छ । यसअघि ६६ सय २५ रहेकोमा नयाँ भाडा अनुसार ६ हजार १० रहेको छ ।
त्यसैगरी काठमाडौंदेखि पोखरासम्मको भाडा २२५ ले घटेको छ । नयाँ भाडा अनुसार काठमाडौंदेखि पोखरासम्मको भाडा २ हजार १ सय ५५ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया