काठमाडौं । पूर्व अर्थ मन्त्री युवराज खतिवडाले मौद्रिक नीतिले सबै प्रकारको अर्थतन्त्रको सबै समस्या धान्न नसक्ने बताएका छन् । २०२३ को मौद्रिक नीतिगत सम्मेलनमा उनले, मौद्रिक नीतिको पनि आफ्नै सिमाहरु हुने भन्दै अर्थतन्त्रको सबै सुधारमा यसको ठोस भूमिका नहुने बताए ।
मौद्रिक नीतिले सबै व्यवसायिक समस्याहरु समाधान गर्छ भन्ने आशा गलत भएको उनको टिप्पणी छ । उनले भने ‘हामीले सोचिरहेका छौ कि मौद्रिक नीतिले सबै खाले व्यापारिक समस्या समाधान गर्छ । हामी चाहान्छौं कि मौद्रिक नीतिले व्यापार क्षेत्रलाई प्रतिश्पर्धि बनाओस् । त्यसमा पनि निर्यातमा । हामी चाहान्छौँ कि हाम्रो मौद्रिक नीतिले हाम्रो उद्योगको क्षेत्रमा पनि सहयोग गरोस । हामीले सोचिरहेका रहेका छौँ कि मौद्रिक नीतिले समग्र अर्थतन्त्रको उद्धार गरोस् । तर यो आशिंक मात्रै सत्य हो । ’
मौद्रिक नीतिले सबै प्रकारको आर्थिक विषयलाई धान्न नसक्ने बताएका उनले मौद्रिक नीतिको पनि एउटा सिमा हुने बताए । उनले यो वर्षको अन्त्यको विवरणले अर्को वर्षको मौद्रिक नीति निर्धारण हुने हुदाँ यस वर्षको समिक्षा गर्नु आवश्यक भएको बताए ।
उनले अर्थतन्त्र विकासको सन्दर्भमा हाम्रो विकासक्रम एकदमै कम भएको र तल झर्ने क्रममा रहेको भन्दै हामी अगाडी कसरी जाने र मौद्रिक नीतिको लागि स्थान कति छ भन्ने विषयमा गम्भीर हुनु आवश्यक भएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया