काठमाडौं । जिम्बावेमा जारी र आइसीसी विश्वकप छनोटको अन्तर्गत सातौं स्थानका लागि जारी खेलमा नेपालले आयरल्यान्डलाई २ सय ६९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
हरारेमा रहेको टाकासिंगा स्पोर्टस् क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ६८ रन जोडेको छ ।
नेपालका लागि गुलसन झाले अविजित ५७ रनको अर्धशतकीय ईनिङ खेले । ओपनर अर्जुन साउदले ४८ रन बनाए । कुशल मल्लले ४४ रन बनाए ।
सन्दीप लामिछानेले ३२ रन बनाए । कप्तान रोहित पौडेलले २९ तथा भीम सार्कीले २० रन बनाए ।
आयरल्यान्डका लागि मार्क अडिर, ब्यारी म्याकार्थी र क्रिग योंगले समान २र२ तथा एन्डि म्याकवर्नी, कुर्टिस क्यामफेर र गारेथ डिलेनीले समान १र१ विकेट लिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया