फेसबुकको ‘फेक आइडी’ चलाउनेको संख्या २५ करोडभन्दा बढी

एजेन्सी । सामाजिक सञ्जाल फेसबुकमा करिब २५ करोडभन्दा बढी नक्कली अकाउन्ट (फेक आइडी) भएको पाइएको छ । 

झण्डै २ अर्ब ३२ करोड फेसबुक प्रयोगकर्तामध्ये सन् २०१८ मा ११ प्रतिशत अर्थात झण्डै २५ करोडभन्दा बढी नक्कली अकाउन्ट (फेक आइडी) भएको पाइएको हो । 

सन् २०१५ को तुलनामा सन् २०१८ मा ८ प्रतिशतले वृद्धि भएको हो । २०१५ मा फेक आइडीको संख्या ५ प्रतिशत थियो । 

सन् २०१५ को डिसेम्बरमा फेसबुक प्रयोगकर्ताको संख्या १.५९ अर्ब थियो भने सन् २०१८ को डिसेम्बरमा यो संख्या बढेर २ अर्ब ३२ करोड पुगेको छ । 

तर, त्यसमध्ये २५ करोड फेक आइडी रहेको छ । 

फेसबुकको आन्तरिक समीक्षाबाट फेक आइडीको पहिचान गरिन्छ ।

फेसबुकका अनुसार विश्वमा अहिले फेसबुकका दैनिक सक्रिय प्रयोगकर्ताको औषत संख्या १ अर्ब ५२ करोड पुगेको छ । त्यो संख्या सन् २०१७ मा १ अर्ब ४० करोड रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?