शेयर बजारमा सामान्य सुधार

काठमाडौं । धितोपत्र बजारमा मंगलवार शेयरको मूल्यमा सामान्य सुधार आएको छ । 

पछिल्ला केही दिनदेखि लगातार ओरालो लाग्दै आएको बजारमा केही सुधार देखिएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २ दशलमब ८३ विन्दुले बढेर एक हजार १४७ दशलमब१० विन्दुमा पुगेको छ । 

त्यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ० दशलमब ७४ विन्दुले बढेर २४४ दशलमब०२ विन्दुमा पुगेको छ । नेप्से परिसूचक बढेपनि कारोवार रकम भने घटेको छ । कूल १६३ कम्पनीको सात लाख ३६ हजार ७६९ कित्ता शेयर २३ करोड १० लाख २२ हजार २३३ मूल्यमा खरीद बिक्री भएको छ ।

कारोवार भएका कूल १० उपसमूह मध्ये आज दुई उपसमूहको शेयर घटेको छ । वित्त क्षेत्र ० दशलमब ९२ र उत्पादन समूह १९ दशलमब ६२ विन्दुले घटेको छ । 

त्यस्तै बैंकिङ २ दशलमब ३८, होटल १ दशलमब ३१, विकास बैंक ५ दशलमब ३, जलविद्युत् ६ दशलमब ८, निर्जीवन बीमा १२ दशलमब ४३, अन्य २ दशलमब ९६, लघुवित्त ६ दशलमब ७३ र जीवन बीमा ४ दशलमब ७४ विन्दुले बढेका छन् । 

स्टकका अनुसार सामुदायिक लघुवित्त वित्तीय संस्थाका शेयरधनीले आज नौ प्रतिशत कमाएका छन् । बुटवल पावर कम्पनी ५ दशलमब ७१, राधी विद्युत् कम्पनी ५ दशलमब ७०, लक्ष्मी लघुवित्त वित्तीय संस्था ४ दशलमब ९७, आँखु खोला जलविद्युत् कम्पनी ४ दशलमब ९४, चौतारी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ४ प्रतिशतले कमाएका छन् । 

त्यस्तै पूर्णिमा विकास बैंकका शेयरधनीले ४ प्रतिशतले गुमाउँदा वरुण हाइड्रो पावर ३ दशलमब ८४, सिटी एक्सप्रेस फाइनान्स कम्पनी ३ दशलमब ७०, नयाँ नेपाल लघुवित्त विकास बैंक २ दशलमब ९४, वेस्ट फाइनान्स कम्पनी २ दशलमब ९४, सेन्ट्रल फाइनान्स कम्पनीका शेयरधनीले २ दशलमब ६५ प्रतिशतले गुमाएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?