काठमाडौं । नेपाली रक ब्याण्ड ‘रोबिन एण्ड दी रिभ्युलेसन’का गायक तथा संगीतकार रोबिन तामाङको निधन भएको छ । उनको मंगलबार साँझ काठमाडौंको बुढानीलकण्ठस्थि निवासमा निधन भएको हो ।
रोबिनकै आधिकारिक फेसबुक पेजमा उनको मृत्यु भएको खबर पोस्ट भएको थियो । निकट स्रोतले सो खबर आधिकारिक भएको पुष्टि गरेको छ । ६० वर्षीय तामाङको मृत्युको कारण भने खुलेको छैन ।
तामाङले थुप्रै चर्चित गीत गाउनुका साथै दर्जनौं फिल्महरुमा समेत अभिनय गरेका छन् । उनले चिसो चिसो हावामा , जति माया लाए पनि, भुलमा भुलियो लगायत उनका हिट् गीतहरु हुन् । साथै उनले छड्के , मुखौटा , जय पर्शुराम, चिसो एस्ट्रे लगायत दर्जनौँ फिल्महरुमा पनि अभिनय गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया