कांग्रेसका अवरोधका कारण प्रदेशसभा बैठक स्थगित

बुटवल । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदको अवरोधका कारण प्रदेश ५ को प्रदेशसभा बैठक स्थगित भएको छ । 

मंगलवार तोकिएको समयभन्दा ४५ मिनेट गरि ढिला शुरु भएको प्रदेशसभा बैठकमा सभामुख पूर्णबहादुर घर्तीले संसदको कार्य अगाडी बढाउन थाले लगत्तै कांग्रेस सांसदहरु आ–आफ्नो ठाउँबाट उठेका थिए । 

प्रदेशको स्थायी राजधानी र नामाकरण सिफारिस गर्न गठित विशेष समिति राय सुझाव लिन जिल्ला नगएको विरोधमा कांग्रेसले रोष्ट्रम घेराउ गरेका थिए । 

विपक्षी दलका नेता बलदेव शर्मा पोखरेलले केही असहमति भएको बताएपछि सभामुख घर्तीले रोष्ट्रममै आएर आफ्ना कुरा राख्न समय दिएका थिए ।

प्रतिनिधित्वको नाममा विशेष समितिलाई राय सुझाव लिन जिल्ला नखटाएर समितिको म्याद गुजार्ने षडयन्त्र भइरहेको भन्दै समितिका सदस्यहरुलाई काममा नखटाएसम्म कांग्रेसले संसदहरुको प्रदेशसभा बैठक अवरोध गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?