काठमाडौं । वर्षाको मौसम शुरु भएको छ । वर्षाको मौसम हाम्रो स्वास्थ्यको लागि धेरै हिसाबले चुनौतीपूर्ण मानिन्छ। मनसुनले धेरै रोगहरु पनि ल्याएको हुन्छ । पहिले नै धेरै रोगहरुबाट ग्रसित मानिसहरुको लागि मनसुन सबैभन्दा ठूलो खतरा हुन्छ ।
मधुमेहबाट पीडित व्यक्तिहरूले यो मौसममा आफ्नो स्वास्थ्यको बारेमा विशेष सावधानी अपनाउनु आवश्यक हुन्छ। वर्षायामले संक्रमण ल्याइदिन्छ र मधुमेहका विरामीहरु सरुवा रोगको चपेटामा पर्ने गर्दछन् ।
मौसम परिवर्तनसँगै मधुमेहका बिरामीको जोखिम बढ्दै गएको चिकित्सकहरू बताउँछन् । तापक्रममा उतारचढाव, प्रदूषण र दूषित पानीबाट हुने रोगहरूको जोखिम उच्च हुन सक्छ। त्यसैले मनसुनी रोगहरूबाट आफूलाई बचाउनु चुनौती रहेको छ।
सरुवा रोगबाट जोगाउनुहोस् :
अन्य मौसमको तुलनामा वर्षायाममा ब्याक्टेरिया र भाइरसका कारण संक्रमणको जोखिम बढी हुन्छ । यदि तपाईको रगतमा चिनीको मात्रा उच्च रह्यो भने तपाईमा संक्रामक रोगको जोखिम पनि उच्च हुन सक्छ । वातावरणमा रहेको आर्द्रताका कारण फङ्गल इन्फेक्सन, छालामा समस्या हुने उच्च जोखिम हुन्छ ।
मधुमेह भएका मानिसहरूलाई खुट्टामा संक्रमण र अल्सर हुने सम्भावना बढी हुन्छ। यदि यसको उपचार गरिएन वा संक्रमण लामो समयसम्म रह्यो भने, यसले मधुमेह न्यूरोपैथी भनिने अवस्था निम्त्याउन सक्छ।
डेंगुको जोखिम बढी हुन सक्छ
मधुमेह भएका व्यक्तिको प्रतिरक्षा प्रणाली कमजोर हुने, रक्तनली कमजोर हुने भएकाले त्यस्ता बिरामीमा डेंगुका लक्षणहरू गम्भीर हुन सक्छन्। मधुमेहका बिरामीलाई डेंगु लागेमा आन्तरिक रक्तस्रावको उच्च जोखिम हुन्छ भने त्यस्ता बिरामीमा निको हुने समय पनि लामो हुनसक्छ । यही कारणले गर्दा मधुमेहका बिरामीले लामखुट्टेको टोकाइबाट सर्ने रोगबाट बच्न पनि सचेत हुनुपर्छ ।
यसरी गर्नुहोस् आफ्नो स्वास्थ्यको ख्याल :
- वर्षायाममा आफ्नो स्वास्थ्यका लागि विशेष सावधानी अपनाउनुपर्छ । यसबाहेक, रोग प्रतिरोधात्मक क्षमता बढाउने उपायहरू उपनाउन जरुरी हुन्छ ताकि संक्रामक रोगहरूको जोखिम कम गर्न सकिन्छ।
- स्वस्थ आहार खानुहोस् फलफूल, तरकारी, रोग प्रतिरोधी क्षमता बढाउनेकुराहरुलाई आफ्नो खानामा समावेश गर्नुहोस्।
- बाहिरका खानेकुरा नखाने, पेटमा संक्रमण हुने वा टाइफाइड जस्ता रोग लाग्ने खतरा रहन्छ ।
- पूरै बाहुला वा शरीर राम्रोसँग छोप्ने लुगा लगाएर लामखुट्टेबाट आफूलाई बचाउनुहोस्।
- नियमित व्यायाम गर्नुहोस् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया