‘पुरानो बुलेट’ का तीन पोस्टर आउट

काठमाडौं । यसै वर्षको चैत्र १ गते रिलिज मिति तोकेको फिल्म ‘पुरानो बुलेट’ का तीन पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा फिल्मका नायक अनुपविक्रम शाही, वर्षा शिवाकोटी र माला लिम्बुलाई फिचरिङ गरिएको छ ।

अनुपविक्रम शाही शीर्ष भूमिकामा रहेको यो फिल्मलाई भिषण राईले निर्देशन गरेका हुन् । फेब्रुअरी २३ मा हङकङमा रिलिज हुने यो फिल्मको अझै ट्रेलर पनि सार्वजनिक भएको छैन । निर्माण टिमले केही समयपछि फिल्मको ट्रेलर सार्वजनिक गर्ने बताएको छ ।

यो फिल्ममा कविता आले, कृष्णभक्त महर्जन, शिरोमणि दवाडी, शिव मुखिया, दिवज राई लगायतले अभिनय गरेका छन् । पूर्वी नेपालको टिपिकल कथा उठाएको यो फिल्ममा हरि घलेको छायांकन, अर्जुन जिसीको सम्पादन तथा अशोक कुमार राई, दिपेन्द्र लिम्बु, विरेन साम्बा र टिकाराम राईको लगानी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?