काठमाडौं । तेश्रो अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा सहभागी भइ नेपाली वादोरियो कराँते टोली स्वदेश फर्किएको छ । भारतको विषाखापट्नममा भएको प्रतियोगितामा नेपाली टोलीले ६ स्वर्ण पदक, १ रजत र २ कास्य पदक जितेको थियो ।
निखिल पकवाल तथा निमा तामाङले दोहोरो स्वर्ण पदक जिते । राजकुमार तामाङ तथा चित्रप्रसाद श्रेष्ठले १–१ स्वर्ण हात पारे । चित्रले थप १ कास्य पदक पनि जिते । त्यस्तै २ पदक जितेका विशाल खड्गीले रजत र कास्य पदक आफ्नो नाममा लेखाए ।
नेपाल कराँते महासंघका महासचिव एवं नेपाल वादोरियो कराँते डो संघका अध्यक्ष हरिशरण केसीको नेतृत्वमा गएको टोलीमा पुरुषोत्तम पोखरेल र आङध्वज परियारले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
टिम व्यवस्थापकमा लवली थापा थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया