नयाँ चुनौती र अपेक्षाहरु सम्बोधन गर्न सक्ने शिक्षा ऐन आवश्यक : विज्ञ

लोकपथ
42
Shares

काठमाडौं । राष्ट्रिय शिक्षा अभियान नेपालका अध्यक्ष राजेन्द्र पहाडीले नयाँ चुनौती र अपेक्षाहरु सम्बोधन गर्न सक्ने शिक्षा ऐन आजको आवश्यकता भएको बताएका छन् ।

संघीय शिक्षा ऐन कहिले र कस्तो विषयक अन्तरक्रिया कार्यक्रमा अध्यक्ष पहाडीले नयाँ चुनौती, आकांक्षा, अपेक्षा र समय सापेक्षित शिक्षा बनाउनको लागि नयाँ शिक्षा ऐन जरुरी भएको बताए ।

उनले भने, नयाँ चुनौती, आकांक्षा, अपेक्षाहरु  र समयसापेक्षित शिक्षा बनाउनको लागि नयाँ शिक्षा ऐन जरुरी छ । नेपालको सार्वजनिक शिक्षामा देखिएका समस्याहरुलाई सम्बोधन गर्न सक्ने क्षमता भएको शिक्षा ऐन आजको आवश्यकता हो ।

यस्तै, अध्यक्ष पाहाडीले नयाँ संरचनाका आधारमा संघीय संरचनामा मुलुक रुपान्तरणको दिशामा राजनीतिक व्यवस्थाहरु परिवर्तन हुदैँ अगाडि बढेको अवस्थामा शिक्षा प्रणाली व्यवस्थित, श्रम, रोजगारी, उत्पादन, टिकाउ र विकाउ हुनुपर्ने बताए ।

उनले भने, हामी लामो समयदेखि पुरानो शिक्षा ऐनबाट २०२८ सालको पञ्चायतकालीन शिक्षा ऐनबाट निर्देशित भईरहेका छौF । नयाँ संरचनाका आधारमा संघीय संरचनामा हामी गइसकेका छौ मुलुक रुपान्तरणको दिशामा राजनीतिक व्यवस्थाहरु परिवर्तन गरेर हामी अगाडि बढिरहेका छौ । हाम्रो शिक्षा प्रणाली व्यवस्थित हुनुपर्छ, शिक्षा प्रणाली गरिखाने हुनुपर्छ । हाम्रो शिक्षा ऐन श्रम, रोजगारी, उत्पादन, टिकाउ र विकाउ हुनुपर्छ ।

उनले शिक्षा मानव अधिकारको मुख्य विषयवस्तु भएको हुदाँ शिक्षालाई व्यापारिकरण गर्ने विषयको विरुद्धमा आवाज उठाउनु पर्ने विषयमा सबैको एक मत हुनुपर्ने बताए ।

उनले भने, शिक्षा भनेको मानव अधिकारको मुख्य विषयवस्तु हो, शिक्षालाई व्यापारिकरण गर्ने कुराको विरुद्धमा आवाज उठाउनुपर्छ भन्ने कुरामा हाम्रा एक मतहरु छन् । शिक्षा राज्यको दायित्वभित्र हुन्छ भनेर संविधानमा स्विकार गरेका छौ, संविधानको मौलिक अधिकारमा स्पष्ट रुपमा लेखेका छौ । यसकारण ती कुराहरु सुनिश्चित गर्नको लागि, गरेका प्रतिवद्धताहरु पूरा गर्नका लागि निशूल्क अनिवार्य सार्वजनिक शिक्षाको अधिकार सुनिश्चित गर्नु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?