चार पाङ्ग्रे स्कुटरमा नेपाल भ्रमण ! एउटा महत्वकांक्षी योजना बोकेर गुडिरहेछ वेगको स्कुटी

जन्मिएको ९ महिनापछि मात्रै वेगको परिवारलाई थाहा भयो उनका दुवै खुट्टा सामान्य बच्चाको जस्तो छैनन् । शरीरको तुलनामा छोटा छन् अनि लुला पनि । त्यसताका गाउँघरमा डाक्टरको काम धामीले गर्थे अनि औषधीको काम धामीले फुकेको चामलले । उनका परिवारले पनि चलिआएको चलन मानेर धामीको सहारा लिए । तर, धामीको तन्त्रमन्त्रले वेगको अवस्थामा कुनै सुधार ल्याउन सकेन । 

र, उनी सधैंका लागि अपाङ्ग हुन पुगे । 

‘अशिक्षा र अज्ञानताको परिणाम मैले भोग्नुप-यो,’ वेग अगाडि थप्छन्, ‘समयमा औषधी उपचार पाएको भए शायद मेरो अवस्था यस्तो नहुने थियो ।’

भलै अहिले उनी लठ्ठीको सहारामा मात्रै हिँड्न सक्छन् तर ‘क्यालिबर’ ले उनको खुट्टालाई धेरै भर दिएको छ । सामान्य मानिसको जस्तो बलियो नभएपनि कम्तीमा उनको खुट्टाले खुट्टै जस्तो स्वरुप पाएको छ ।

यद्यपि यिनै लुला खुट्टामा विशाल सपना टेकाएको उनी सुनाउँछन् । ‘हरेक मान्छेले सपना देख्नुपर्दो रहेछ,’ मुस्कुराउँदै उनी थप्छन्, ‘मैले पनि देखेको छु, बास्केटबलमार्फत् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेल खेल्ने ।’ 

बास्केटबल भन्नासाथ वेगको मुहारमा छुट्टै चमक आउँछ । बास्केटबल पक्डिदा उनी झनै खुलेर मुस्कुराउँछन् । ‘बास्केटबल खेल्ने तीव्र चाहना नहुँदो हो त म कुनै खाटमा जिउँदो लाश भएर लडिरहेको हुन्थेँ’ भन्छन् उनी ।

‘कुनै कुरालाई मनदेखि चाह्यो भने सारा ब्रह्माण्डले नै तिमीलाई त्यो चीज प्राप्त गर्न मद्दत गर्छ’ भनेझैं वेगले त केवल खेल्ने चाहना राखे । बस्ने ह्वीलचेयर, सँगै खेल्न आफूजस्तै साथीहरु, खेलमैदान, अवसर, सबै क्रमश जुट्दै गए । 

जसको परिणामस्वरुप उनले ह्वीलचेयरमै राष्ट्रिय स्तरका बास्केटबल प्रतियोगिताहरु खेलिसकेका छन् र केही जितेका पनि । 

धादिङबाट २०६५ सालमा काठमाडौं आएका वेगले काठमाडौंमा भएका आफन्तको सहयोगमा सेन्ट जेभियर्सले अपाङ्हरुका निमित्त छुट्टयाएको डोनेशन अन्तर्गत खाने, बस्ने, पढ्ने अवसर पाएको उनी बताउँछन् । वेगका अनुसार उनमा बास्केटबलप्रतिको मोह पनि यसपछि नै बढेको हो । 

आफूजस्तै अपाङ्ग साथीहरुले खेलेको देखेर, उनीहरुसँगै खेल्ने प्रयास गर्दागर्दै उनले खेलका नियमहरु सिके र १ वर्षमै राम्ररी खेल्न सक्ने भए । त्यसपछिका दिनहरुमा उनी पढ्छन्, खेल्छन्, अपाङ्गका निमित्त काम गर्ने सामाजिक संस्थासँग पनि आवद्ध छन् । 

उनको एउटा चार पाङ्ग्रे स्कुटर पनि छ जसलाई एक हातले चलाएर नेपाल भ्रमण गर्ने उनको इच्छा छ । ‘इच्छा त छ तर, त्यसलाई पूरा गर्न आर्थिक सहयोग जुटाइरहेको छु’, वेग थप्छन्, ‘हेरौं कति समय लाग्ने हो ।’

त्यतिन्जेल बास्केटबलमै केन्द्रित रहने उनले सुनाए । राष्ट्रिय स्तरको खेल खेलिसकेका वेग अब अन्तर्राष्ट्रिय मैदानमा खेल्न चाहान्छन् ।

सपाङ्ग खेलाडीहरुले नेपालको नाम विश्व जगतमा चम्काइरहेका वेला उनलाई लाग्छ शारीरिक रुपमा अशक्त खेलाडीहरुले पनि यसमा केही टेवा पु-याउन सक्छन् ।

वेगलाई बास्केटबलले दिएको खुसी ‘ह्यासट्याग स्माइल’को यस अंकमा समेट्ने प्रयास गरेका छौं । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?