बिक्रमलाई विश्व पारा तेक्वान्दोमा कास्य पदक

काठमाडौं । नेपालका बिक्रम श्रेष्ठले आठौं विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा कास्य पदक जितेका छन् ।

टर्कीको अन्ताल्यामा भएको उक्त प्रतियोगितामा बिक्रमले पुरुषको पी–३२ विधातर्फ एकल पुम्सेमा कास्य पदक हात पारेका हुन् । उनले मोरक्कोको खेलाडी बिलाल एक खात्ताबियालाई हराउँदै सेमिफाइनलमा पुगेका थिए । तर, सेमिफाइनलमा बिक्रम रुसका आन्द्रि ग्राभोभास्कीसँग पराजित हुँदै कास्य पदकमा सिमित भए । 

 ६९ राष्ट्रबाट ४ सय २५ खेलाडीले सहभागी भएको यो प्रतियोगितामा नेपालका दुई खेलाडीले भाग लिएका थिए । त्यस्तै यता महिला के–४४ विधातर्फ ५८ केजीमाथि पलेशा गोवद्र्धनले आज ब्राजिलकी डेबोरा मेनेजेससँग प्रतिस्पर्धा गर्नेछिन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?