सन्दीप र दीपेन्द्रले इमर्जिङ कप नखेल्ने

लोकपथ
623
Shares

काठमाडौं । नेपाली स्पिनर सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्रसिंह ऐरीले अर्को साताबाट सुरु हुने एसीसी इमर्जिङ टिम्स एसिया कप नखेल्ने भएका छन् ।

सन्दीप र दीपेन्द्रले जुलाई २० देखि सुरु हुने फ्रेन्चाइज लिग ग्लोबल टी–ट्वान्टी क्यानडामा आबद्ध भएका कारण उनीहरुले इमर्जिङ टिम्स एसिया कपमा सहभागि जनाउन नसक्ने भएका हुन् ।

नेपालले १३ जुलाई देखि २३ जुलाईसम्म श्रीलंकामा हुने एसीयाका टेस्ट मान्यता प्राप्त पाँच टोलीका ए टिम तथा अन्य तीन टोलीले सहभागीता जनाउँदै छ । नेपालले एसीसी प्रिमियर कपको उपाधि विजेताको रुपमा इमर्जिङ कप खेल्न लागेको हो। उक्त प्रतियोगिताको उपविजेता युएई तथा तेस्रो भएको ओमान इमर्जिङ कप खेल्दै छन् ।

इमर्जिङ कपको समूह बी मा नेपाल, युएई, पाकिस्तान ए र भारत ए छन् । त्यस्तै समूह ए मा श्रीलंका ए, बंगलादेश ए, अफगानिस्तान ए र ओमान छन् । हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थानमा बनाउने छ ।

नेपालले १४ जुलाईमा पाकिस्तान ए सँग खेल्नेछ । नेपालले दोस्रो खेल १७ जुलाई मा भारत ए सँग खेल्नेछ । नेपालले १९ जुलाईमा युएईसँग खेल्नेछ । २१ जुलाईमा प्रतियोगिताको सेमिफाइनल खेल रहेको छ । २३ जुलाईमा प्रतियोगिताको फाइनल खेल हुनेछ ।

नेपालले केही दिनमा इमर्जिङ टिम्सको लागि अन्तिम टोली घोषणा गर्नेछ । नेपालले केहि युवा खेलाडीलाई मौका दिनसक्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?