काठमाडौ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
जसअनुसार अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ ०९ पैसा र बिक्री दर १३२ रूपैयाँ ६९ पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रूपैयाँ ७३ पैसा र बिक्री दर १४४ रूपैयाँ ३९ पैसामा काराेबार भइरहेकाे छ ।
बेलायती पाउण्ड स्टर्लिग एकको खरिद दर १६८ रूपैयाँ ३३ पैसा र बिक्री दर १६९ रूपैयाँ ०९ पैसामा काराेबार गर्ने अनुमति दिएकाे राष्ट्र बैकले अस्ट्रेलियन डलर एकको खरिद दर ८७.७१ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.११ रुपैयाँ रहेको छ । यसैगरी क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ८ पैसा र बिक्रीदर ९९ रुपैयाँ २५ पैसा रहेको बैंकले जनाएकाे छ ।
जापानिज येन १० को खरिदमा ९ रुपैयाँ २३ पैसा र बिक्रीदर ९ रुपैयाँ २७ पैसा तथा दक्षिण काेरिया १०० को खरिदमा १० रूपैयाँ ११ पैसा र बिक्रीदर १० रूपैयाँ १६ पैसा कायम गरिएकाे छ ।
साथै, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २५ पैसा र बिक्री दर ३६ रूपैयाँ ४१ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिद दर ३५ .२१ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.३७ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.२९ रुपैयाँ रहेको छ । बिक्री दर भने २८.४२ रुपैयाँ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया