ज्याक माको कम्पनी एन्ट ग्रुपलाई ठूलो झटका, तिर्नुपर्यो एक अर्ब डलर जरिवाना

लोकपथ
245
Shares

काठमाडौं । चीनका व्यापारी ज्याक माको कम्पनी एन्ट ग्रुपलाई ठूलो झटका लागेको छ । उनले कम्पनीलाई करिब एक अर्ब डलर जरिवाना लगाइएको छ । एन्ट समूहले भुक्तानी फर्म अली पे पनि सञ्चालन गर्ने गरेको छ ।

चाइना सेक्युरिटीज रेगुलेटरी कमिसन, पिपुल्स बैंक अफ चाइना र नेशनल फाइनान्सियल रेगुलेटरी एडमिनिस्ट्रेशनले एक संयुक्त विज्ञप्तिमा एन्ट ग्रुपले बैंकिङ र बीमा, भुक्तानी, मनी लान्ड्रिङ र कोष बिक्रीमा व्यापारिक गतिविधिसँग सम्बन्धित नियम तोडेको बताएको छ। एन्ट ग्रुप ई-कमर्स विशाल अलिबाबाको सम्बद्ध कम्पनी हो, जसलाई ज्याकमाले स्थापना गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?