दोहोरो अंकले बढ्यो सेयर बजार

लोकपथ
56
Shares

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ ।

आइतबार नेप्से परिसूचक २८.३८ अंकले बढेर २०७७.७६ बिन्दुमा बन्द भएको हो । अघिल्लो साता लगातार घटिरहेको बजारमा आज हिरियाली छाएको हो ।

यस दिन बजारमा ८३ लाख ५२ हजार ५७६ कित्ता सेयरको खरिदबिक्री हुदा ३ अर्ब ४ करोड २५ लाख ४३ हजार ९६१ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, आज रावा इनर्जी डेभलपमेन्ट र सिटी होटल लिमिटेडले सर्वाधिक नाफा कमाउका छन् । भने हिमालयन्स लाइफ इन्सयोरेन्स १८ करोड ६० लाख ७२ हजार ६० रुपैयाँको कारोबारका साथ शिर्ष स्थानमा रहेको छ । आइतबार बजार पूँजीकरण ३० खर्ब ५२ अर्ब रुपैयाँ बढि रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?