मुग्लिन । चितवनमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
मुग्लिनबाट काठमाडौं जाँदै गरेको ग३ख ३२६९ नंको बसले लु५प ६८५६ नंको मोटरसाइकललाई पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३स्थित कुरिनघाटमा बुधवार राति ९ः४५ बजे ठक्कर दिएको हो ।
बसको ठक्करबाट मोटरसाइकलमा सवार सोही गाउँपालिका– ४ लेवाटारका ३८ वर्षीय भीमबहादुर थापाको मृत्यु भएको मुग्लिन इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक नबीन बुढाथोकीले जानकारी दिए ।
ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रण लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया