आठौँ राष्ट्रिय खेलकुद अभिमुखीकरण कार्यक्रम

काठमाडौं । पाँच नम्बर प्रदेशमा आयोजना हुने आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई पारदर्शी, कम लागत तथा भब्य रुपमा सम्पन्न गर्न आठौँ राष्ट्रिय खेलकुद सचिवालयले सातदोवाटोस्थित अन्तराष्ट्रिय खेल परिसरमा आठौँ राष्ट्रिय खेलकुद अभिमुखीकरण कार्यक्रमको आयोजना ग-यो । 

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राखेपका सदस्यहरु, विभागिय प्रमुखहरुका साथै ७ प्रदेशका संयोजक, कार्यालय प्रमुख र लेखा प्रमुखहरु र राखेपका कर्मचारीहरुको उपस्थितमा आठौँ राष्ट्रिय खेलकुदलाई पारदर्शी, कम लागत, विवाद रहित भब्य रुपमा सम्पन्न गर्न आई पर्ने विभिन्न कठिनाई, तथा प्रतियोगिताका लागि निर्माण गरिएको आर्थिक निर्देशिका तथा प्राविधिक विषयको बारेमा छलफल भएको थियो ।

उक्त कार्यक्रमका उपस्थित ब्यक्तिहरुले प्रतियोगिताका दौरान आईपर्ने विभिन्न कठिनाईलाई समाधान गर्ने र निर्देशिकामा रहेका प्रावधानहरुमा देखिएका त्रुटीहरुका बारेमा औल्याएका थिए ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव बिष्टले आठौँ राष्ट्रिय खेलकुदलाई विगत भन्दा फरक ढंगले सञ्चालन गर्न र उक्त प्रतियोगितालाई पारदर्शी, कमलागत र विवाद रहित भब्य रुपमा सम्पन्न गर्न प्रदेश संयोजक, कार्यालय प्रमुख र लेखा प्रमुखहरुलाई निर्देशन दिएका थिए ।

एक दिने उक्त कार्यक्रममा कोष तथा लेखा निर्देशन कार्यालय, त्रिपुरेशवरका प्रमुख भोजराज पौडेल तथा महालेखा परिक्षणका निर्देशक जयराम घिमिरेलगायतका उपस्थित ब्यक्तित्वहरुलाई आर्थिक दायरमा बसेर कार्य गर्नुका साथै लेखा चुस्त दुरुस्त राख्नुका साथै समयमै पेश्की फछ्र्यौट सम्वन्धि कार्य गर्न सुझाएका थिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?