नमुनादिप, शान्तीदिप र गण्डकी प्रदेश क्वाटरफाइनलमा

काठमाडौं । गण्डकी प्रदेश, शान्तीदिप युवा क्लब र  नमुना दिप युवा क्लब समुहमा पहिलो स्थान प्राप्त गर्दै मन्थली मेयर कप रामेछाप सिभिल भलिब च्याम्पियनसीपको क्वार्टरफाइनलमा प्रबेश गरेका छन् । 

गण्डकी प्रदेशले बुधवार सम्पन्न दुवै खेलमा जित हात पा¥यो ।  पहिलो खेलमा तीन नम्बर प्रदेशलाई २६–२४,२५–९,२५–१९ ले पराजित गरेको हरी पाण्डेको नेतृत्वमा रहेको गण्डकी प्रदेशले सात नम्बर प्रदेशलाई २५–१८,२५–२०,२५–१९ले हराउदै समुह कमा पहिलो स्थान हात पारेको हो ।

सात नम्बर प्रदेश प्रतियोगिताबाट बाहीरिएको छ । समुह ‘घ’ को खेलमा शान्तीदिपले प्याराडाइजलाई २५–१९,२५–१८,२५–१७ ले हरायो । समुहगको खेलमा नमुनादिपले दुइ नम्बर प्रदेशलाई २५–१९,२५–२३,२५–१२ले हरायो । 

बिहिवार हुने क्वार्टरफाइनल खेलमा गण्डकी प्रदेशले दुइ नम्बर प्रदेश, शान्तीदिपले कर्णलीप्रदेश, नमुनादिपले तीन नम्बर प्रदेश तथा प्याराडाइजले एक नम्बर प्रदेशको सामना गर्ने छन् । 

रामेछाप जिल्ला खेलकुद विकास समितीको आयोजनामा सञ्चालीत प्रतियोगिता शनिवार सम्पन्न हुने छ । प्रतियोगितामा मन्थली नगरपालीका मुख्य प्रायोजक तथा मुख्य सह आयोजक रहेको छ ।

यसैगरी, रामेछाप नगरपालीका, सुनापती गाउँपालीका, खाँडाँदेवी गाउँपालीका,लिखु तामाकोसी गाउँपालीका, उमाकुण्ड गाउँपालीका, गोकुलगंगा गाउँपालीका र दोरम्बा गाउपालीका सहआयोजक रहेका छन् ।  

कुल ७ लाख २५ हजार पुररस्कार राशी रहेको प्रतियोगितामा ६ प्रादेशीक टोली सहित रामेछापका तीन सहित टोलीको सहभागिता रहेको छ । रामेछापका नमुनादीप युवा क्लब, शान्तीदीप युवा क्लब र प्याराडाइज युवा क्लबको सहभागिता रहेको छ ।

प्राय: सबै टोलीमा राष्ट्रिय स्तरमा परिचित खेलाडीहरु रहेका छन् । गत सस्करणमा सुदुर पश्चिमको टोलीले उपाधि जितेको थियो भने शान्तीदिप युवा क्लब उपविजयी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?