धरान उपमहानगरपालिकाको बजेटसम्बन्धी छलफलमा चर्काचर्की

लोकपथ
63
Shares

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकमा चर्काचर्की भएको छ ।
बैठकमा उपप्रमुख अइन्द्र विक्रम बेघा र कार्यपालिका सदस्यबीच चर्काचर्की भएको हो ।

उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटको छलफलका क्रममा बजेट तर्जुमा समितिले कार्यपालिका वैठकमा प्रस्तुति गरेपछि कार्यपालिका सदस्यहरुले विरोध गरेका हुन् ।

कार्यपालिका सदस्यहरुले विषयगत समितिले निर्णय गरेर बजेटको लागि पठाएको विषयहरु समावेश नभएको, बजेट तर्जुमा समितिले सुटुक्क बजेट हालेको भन्दै विरोध गरेका थिए ।

धरान उपमहानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट सोमबार नगरसभाको वैठकमा प्रस्तुत हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?