कोपा डेल रे फुटबल : बार्सिलोना र रियल म्याड्रिड बराबरीमा रोकियो

एजेन्सी । स्पेनिस कोपा डेल रे बार्सिलोनाले रियल म्याड्रिडसँग बराबरी खेलेको छ । 

आफ्नो घरेलु मैदान क्याम्प नाउमा बुधवार राति सम्पन्न भएको पहिलो लेगको खेलमा बार्सिलोनाले रियल म्याड्रिडसँग एक-एक गोलको बराबरी खेलेको हो । रियल म्याड्रिडका लागि खेल शुरु भएको ६ मिनेट पनि बित्न नपाउँदै लुकास भाजक्वेजले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म १-० गोल अन्तरले पछाडि रहेको बार्सिलोनाले दोस्रो हाफमा बराबरी गोल फर्कायो । खेलको ५७ औँ मिनेटमा बार्सिलोनाका लागि माल्कोमले गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा ल्याए ।

रोमाञ्चक बनेको खेलको निर्धारित समयसम्म दुवै टिमले केही गोल गर्ने मौका पाएपनि सदुपयोग गर्न नसक्दा खेल एक-एक गोलको बराबरीमा सकिएको हो । अब बार्सिलोना र रियल म्याड्रिडबीचको दोस्रो लेगको खेल यहि फेब्रअरी २७ तारिखमा हुनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?