निम्स/निर्वाण कलेज: उच्च प्रविधियुक्त प्रयोगशालादेखि ‘निम्स आइडल’ सम्मका प्रोग्राम

नेपालको शैक्षिक विकासमा निजी क्षेत्रको भुमिका महत्वपूर्ण छ । खासगरी ९० को दशकमा स्थापना भएका शैक्षिक संस्थाहरुले मुलुकको परम्परागत शैक्षिक पद्धतिमा परिवर्तन ल्याएका हुन् ।निजी क्षेत्रका अनुभवी व्यक्तीहरुको पहलमा स्थापना भई अध्यापन गराइरहेका शैक्षिक संस्थाहरुले योग्य र दक्ष किसिमको जनशक्ति पनि तयार पारिरहेको छ । अन्तर्राष्ट्रिय क्षेत्रमा समेत प्रतिस्पर्धा गर्नसक्ने, योग्यता र दक्षताले निपूर्ण विद्यार्थीहरु उत्पादन भइरहेका छन् । 

निजी क्षेत्रकै सहभागितामा पछिल्लो समय मुलुक भित्रै गुणस्तरीय शिक्षा र उच्चस्तरीय शिक्षाको सहज उपलब्धता भएको कुरामा त झन् दुईमत छैन । निजी क्षेत्रको अब्वल कलेज मध्यको एक हो ललितपुरको कुमारीपाटीमा रहेको निम्स/निर्वाण कलेज ।

Education: self steem, self worth को नारासहित सन् १९९९ मा स्थापित यस कलेज ललितपुरको कुमारीपाटीमा अवस्थित छ । कलेजको स्थापनाकाल देखिनै विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षा क्षेत्रमा उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ ।

Education: self steem, self worth को नारासहित सन् १९९९ मा स्थापित यस कलेज ललितपुरको कुमारीपाटीमा अवस्थित छ । कलेजको स्थापनाकाल देखिनै विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षा क्षेत्रमा उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ ।

प्रभुद्ध व्यक्ति र शिक्षाविद्हरुको प्रत्यक्ष सहभागिता, नियमन र निगरानीमा मुलुक भित्रै स्तरीय शिक्षा सम्भव छ भन्ने ज्वलन्त उदाहरण बनेको छ, निम्स/निर्वाण कलेज । 

वि.सं. २०७० सालदेखि +२ बाहेक बिबिएसको कार्यक्रम पनि सञ्चालनमा ल्याएको निम्स/निर्वाण कलेज हरेक वर्ष उत्कृष्ट अंक सहित विद्यार्थीहरु पास आउट गराउन सफल छ । त्यसैले सञ्चालनको १९ वर्षमा नै कलेजले ख्याती र लोकप्रियता कमाएको छ ।

अनुभवी शिक्षा सेवीहरुको प्रत्यक्ष सहभागिता, शिक्षकहरुको मिहेनत र अभिभावकहरुको सहयोगले यस कलेजले उच्च माध्यमिक शिक्षाको परीक्षा बोर्डले लिएको परीक्षामा सधैे उच्च नतिजा हासिल गर्दै  आएको छ । 

कलेज सञ्चालनमा दिलो ज्यान दिएर लागेका अनुभवी व्यवस्थापक, उत्कृष्ट विद्यार्थी जन्माउने दृढता, समन्वयात्मक शैक्षिक वातावरण र विद्यार्थीको उज्यालो भविष्यका निम्ति निरन्तर खट्ने, बजारमा नाम चलेका क्षमतावान गुरुहरु यस कलेजका छुटाउनै नहुने विशेषता हुन् । 

कलेज सञ्चालनमा दिलो ज्यान दिएर लागेका अनुभवी व्यवस्थापक, उत्कृष्ट विद्यार्थी जन्माउने दृढता, समन्वयात्मक शैक्षिक वातावरण र विद्यार्थीको उज्यालो भविष्यका निम्ति निरन्तर खट्ने, बजारमा नाम चलेका क्षमतावान गुरुहरु यस कलेजका छुटाउनै नहुने विशेषता हुन् ।

यस कलेजसँगै सफलताका लोभलाग्दा कथाहरु पनि जोडिएका छन् । मध्यम शुल्कमा प्रतिस्पर्धी शिक्षा दिई दक्ष जनशक्ति उत्पादन गर्नु यस कलेजको मुख्य लक्ष्य रहेको कलेजका प्रिन्सिपल विश्वनाथ घिमिरे बताउँछन् । 

उनी थप्छन्, निम्स/निर्वाण कलेजले शिक्षाको क्षेत्रमा कुनै पनि सम्झौता गर्दैन । प्रयोगात्मक शिक्षालाई जोड दिएको कलेजले विद्यार्थीका अतिरिक्त गतिविधिलाई मध्यनजर गर्दै विभिन्न क्रियाकलाप सञ्चालन गरेको शिक्षकहरुले विद्यार्थीले के र कसरी भन्नेमात्र प्रष्ट मात्र पार्दैनन् तर पढ्नको लागि चाहिने शैक्षिक सामाग्रीहरु पनि उपलब्ध गराउने गरेका छन् ।

विद्यार्थीहरुले पनि यहाँ उपलब्ध ज्ञान र सिपलाई आफ्ना व्यक्तित्व विकासको क्रममा प्रयोग गर्दै आएका छन् । 

विज्ञानका विद्यार्थीहरु मेडिकल, इन्जिनेरिङ जस्ता क्षेत्रमा काम गरिरहेका छन् । व्यवस्थापनका बैंक, सहकारी र होटेल मेनेजमेन्टका उत्कृष्ट होटेल त्यसै गरी मानविकीका सोही अनुरुपको क्षेत्रमा कार्यरत छन् ।

स्तरीय शिक्षाको लागि पूर्वाधार महत्वपूर्ण हो भन्ने निम्स÷निर्भानाले बुझेको छ । यस कलेजले साइन्स ल्याव, कम्प्युटर ल्याव, रिर्सच कक्षा, मल्टीमिडिया क्लास, प्रविधि मैत्री कक्षाहरु, उच्च अनुशासन, सुविधा सम्पन्न प्रयोगशाला, लाईब्रेरी, अतिरिक्त क्रियाकलाप, खेलकुद, सफा र स्वच्छ चमेनागृह, सुरक्षा र यातायाको सुविधा, छात्रवृत्ति, विभिन्न शिर्षकमा राखिएको पुरस्कार राशी, गुणस्तरीय पुस्तकालयलाई मुख्य प्राथमिकतामा राखेको छ । 

‘निम्स आइडल’ यस कलेज अर्को महत्वपूर्ण विशेषता हो । 

‘निम्स आइडल’ यस कलेज अर्को महत्वपूर्ण विशेषता हो । 

हरेक वर्ष हुने निम्स आइडलले पनि यहाँ अध्ययन गरिरहेका विद्यार्थीहरुलाई थप आत्माविश्वासी र सिर्जनात्मक बनाएको छ ।

निम्स आइडल’को सेलेक्सन पनि अरु प्रतियोगिता जस्तै हुने गरेको छ । प्रतियोगीमा सहभागी हुन चाहने विद्यार्थीहरुलाई फारम भर्न लगाइन्छ । कलेजकै शिक्षकहरुले अडिशनमा छानेका विद्यार्र्थी सहभागीहरुलाई आत्मविश्वास विकासको प्रशिक्षण दिने गरिन्छ । एक सातादेखि १५ दिनको प्रशिक्षणमा सहभागीहरु मध्य पनि ‘ट्यालेन्ट राउड’बाट फाइनलको लागि छानिन्छन् । अडिशनदेखि फाइनलसम्मको अंकलाई जोडेर निम्स आइडलको एक पुरुष र एक महिलालाई विजेता घोषणा गरिन्छ ।

निम्स/निर्वाण कलेजले पु-याएको योगदानका बारेमा पनि विद्यार्थीहरुले खुलेर कुरा गर्ने गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?