शहिद स्मारक ‘बी’ डिभिजन लिग शुक्रवारबाट शुरु हुँदै, विजेताले ८ लाख रुपैयाँ पाउने

काठमाडौं । शहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिताको विजेताले ८ लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । 

भोली ‘शुक्रवार’देखि शुरु हुने ‘बी’ डिभिजन लिगको विजेतालाई अखिल नेपाल फुटबल संघ ‘एन्फा’ले ८ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको हो । साथै प्रतियोगिताको सम्पूर्ण खेलहरु सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुने जनाएको छ ।

त्यस्तै लिगको उपविजेताले ५ लाख प्राप्त गर्नेछ । त्यस्तै तेस्रो हुनेले ३ लाख तथा चौथो हुने टिमले २ लाख पाउनेछ । 

त्यस्तै एन्फाले ‘बी’ डिभिजन क्लबलाई लिगको तयारीस्वरुप  ७–७ लाख रुपैयाँ पनि दिइसकेको छ । सहभागी १२ क्लबलाई २ समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा झम्सिखेल युवा क्लब, आरसिटी, श्रीकुमारी क्लब, सातदोबाटो युथ क्लब, नयाँबस्ती युवा क्लब र ब्वाइज युनियन क्लब रहेका छन् ।

त्यस्तै समुह ‘बी’ मा टुसाल, पुल्चोक, मध्यपुर युथ एसोसिएसन, खुमलटार युवा क्लब र श्री भगवती क्लब रहेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?