मनाङ । बुधवारदेखि निरन्तर हिमपात भएपछि मनाङको तापक्रम माइनस २० डिग्रीसेल्सियसमा पुगेको छ ।
निरन्तर दुईदिन देखिपरेको हिमपातले मनाङको जनजीवन कष्टकर बनेको छ ।
मनाङका प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले टंकी मनाङ, खाङ्सार, माथिल्लो मनाङ, हुम्डे, पिसाङ, ढिकुरपोखरी लगायतका ठाउँमा हिमपात भएको बताए ।
चामेदेखि तल्लो भागहरु तिमाङ, दानक्यु र बगरछापमा हिमपात रोकिएर वर्षा शुरु भएको उनले भने ।
हिमपातले सरकारी कार्यालयहरु बन्द भएका छन् भने सवसाधारण जनता घर बाहिर निस्कन सकेका छनै जिल्ला अधिकारी देवकोटाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया