काठमाडौं । लुम्बिनी विकास बैंकले आफ्नो १६ औं वार्षिकोत्सवको उपलक्ष्यमा विभिन्न कार्यक्रम आयोजना गरेको छ । उक्त अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत, टोखा नगरपालिका वडा नं. ७ बसुन्धरा, धापासीमा अवस्थित “पवित्र समाज सेवा नेपाल” मा आश्रित कलेज तथा विद्यालयमा अध्ययनरत असहाय बालबालिकाहरुलाई विद्यालय पोशाक वितरण गरेको छ ।
साथै, यस बैंकले बार्षिकोत्सवकै उपलक्ष्यमासंस्थामा २० वर्ष भन्दा बढि विभिन्न तह र जिम्मेवारीमा रहि सेवा प्रदान गरेका १२ जना कर्मचारीहरुलाई सम्मान गरेको छ ।
सञ्चालक समितिका सम्पूर्ण सदस्यज्यूहरु र व्यवस्थापनको उपस्थितिमा बैंकका अध्यक्ष चिन्तामणी भट्टराई र प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले संयुक्त रुपमा कर्मचारीहरुलाई दिर्घसेवा पदक र मायाको चिनो प्रदान गरे ।
बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले उपस्थित सम्पूर्णमा शुभकामना सहित स्वागत मन्तब्य राखेका थिए । अध्यक्ष चिन्तामणी भट्टराईले सम्पूर्ण ग्राहक, शेयरधनी तथा कर्मचारीहरुलाई शुभकामना तथा बधाई दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया