कुमारी बैंक र वर्ल्ड लिंकबीच सम्झौंता

लोकपथ
0
Shares

काठमाडौं । कुमारी बैंक लिमिटेड र वर्ल्डलिंक कम्युनिकेशन लिमिटेडबीच सम्झौंता भएको छ । कुमारी बैंकका ग्राहकहरुलाई वल्र्ड लिंकमा सेवाहरुमा विशेष छुट दिनको लागि उक्त सम्झौंता भएको हो ।

सम्झौता अनुसार कुमारी बैंकका ग्राहकहरु मध्ये वल्र्ड लिंक कम्युनिकेशनको बार्षिक सदस्यता रोज्ने ग्राहकहरुले १५ प्रतिशतसम्म छुट पाउने छन् भने त्रैमासिक सदस्यता छनौट गर्नेहरूलले पाँच प्रतिशत छुट पाउनेछन् । यो छुट प्राप्त गर्नको लागि ग्राहकहरुले आफ्नो कुमारी स्र्माट मोवाईल बैंकिङ एप वा आफ्नो कुमारी बैंक को डेबिट-क्रेडिट कार्ड बाट भुक्तानी गर्नुपर्ने छ ।

डिजिटल कारोबारमा ग्राहकहरू आकर्षित भइरहेको कुरालाई मध्यनजर गर्दै आफ्ना ग्राहकहरूलाई डिजिटल कारोबारमा प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले यो सहकार्य मार्फत वल्ड लिंक कम्युनिकेशनको सुविधाहरुमा छुट मिल्ने व्यवस्था मिलाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?