काठमाडौं । सानिमा बैंकले सानिमा दिर्घायु तलब बचत खाता अन्तर्गत १० लाख रुपैंयाँको दुर्घटना बीमा दाबी रकम भुक्तानी गरेको छ ।
बैंकका खातावाला भुमिका आलेको दुर्घटना भई मुत्यु भएकोले निजको हकवाला क्षितिज आलेलाई रु १० लाखको दुर्घटना बीमा रकम भुक्तानी गरिएको छ ।
सानिमा बैंकका कुमारीपाटी शाखाका शाखा प्रबन्धक श्रीमती रोमिला कोइरालाले बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको संयोजनमा बीमा रकमको चेक हस्तान्तरण गरेकी हुन् । स्वर्गीय भुमिका आलेले सानिमा बैंकको कुमारीपाटी शाखामा सानिमा दिर्घायु तलब बचत खाता खोलेकी थिईन ।
सानिमा बैंकले दिर्घायु बचत तलब खाता अन्तर्गत रु १० लाखको दुर्घटना बीमा, रु ३ लाखसम्मको १३ घातक रोगहरुको उपचार बीमा, रु १० हजारसम्मको ओपिडि भुक्तानी शुल्क सहितको रु ५० हजारसम्मको औषधी उपचार बीमा, रु ५० हजारको आवधिक जीवन बीमा र रु ५ हजारको वार्षिक स्वास्थ्य परीक्षण सुविधा प्रदान गर्दै आइरहेको छ ।
सानिमा बैंकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२२ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया