छात्रवृत्तिका लागि महानगरद्वारा निवेदन आह्वान

लोकपथ
35
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि आवेदन माग गरेको छ ।

काठमाडौं महानगरपालिकाले आज बिहीबार एक सूचना प्रकाशित गर्दै छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि अनलाइन निवेदन आह्वान गरेको हो ।

कक्षा ११ अध्यापन हुने संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८०/०८१ का लागि छात्रवृत्तिमा विद्यार्थी छनोटका लागि उसले आज बिहान १० बजे देखि साउन १२ गते राति ११:५९ बजेसम्म महानगरको वेबसाइट वा ntrance.kathmandu.gov.np मार्फत अनलाइन आवेदन फाराम पेस गर्न सकिने जनाएको छ । परीक्षा साउन २० गते बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म हुने पनि सूचनामा उल्लेख छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?