प्रदेश ५ छनोट फागुन पहिलो सातामा हुने

काठमाडौं । प्रदेश ५ मा हुने आठौँ राष्ट्रिय खेलकुदको प्रदेश छनोट प्रतियोगिता फागुन पहिलो सातादेखि हुने भएको छ ।

आठौँ राष्ट्रिय खेलकुद कार्यकारी समितिका अध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषद् ‘राखेप’का सदस्य–सचिव केशवकुमार विष्टको अध्यक्षतमा सातदोबाटोमा बिहिवार बसेको बैठकले प्रदेश छनोट फागुन ३ देखि १७ गतेसम्म आयोजना गर्ने निर्णय गरेको राखेपका प्रेस सल्लाहकार रोहित दाहालले जनाएका छन् ।

प्रत्येक प्रदेश छनोटको उद्घाटन समेत सम्बन्धित प्रदेशको जिल्लामा हुनेछ ।

बैठकले आठौँ राष्ट्रिय खेलकुद सञ्चालनका लागि खर्च हुने करिब ४७ करोड बजेट पनि विनियोजनका लागि युवा तथा खेलकुद मन्त्रालय मार्फत नेपाल सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । 
त्यस्तै खेलाडी दुर्घटना विमा पनि गरिने भएको छ । ओलम्पिक टर्चलाई प्रदेश १ को विराटनगरदेखि परिक्रमा गराइ प्रत्येक प्रदेशमा ओलम्पियनहरुलाई समेत सहभागी गराइ नेपालगन्जसम्म पु-याउने निर्णय भएको छ ।

प्रदेश छनोटको खेलस्थल पनि बैठकले टुंगो लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?