काठमाडौं । युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बूले खेलाडिले निर्धक्क खेल खेल्ने वातावरण निर्माण गर्न नसकिएको स्विकार गरेका छन् ।
विहीबार बसेको राष्ट्रिय सभाको बैठकमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री लिम्बूले खेल खेल्दा खेलाडीलाई केही भइहाल्छ कि भनेर पिरोलिनु पर्ने अवस्था रहेको स्विकार गरे ।
उनले भने ‘खेलाडीहरुको लागि बीमाको सामस्या छ । अहिलेसम्म यात्रु बीमा जस्तो गरेर खेलाडीहरुले खेलिरहेको अवस्था रहेछ । खेल खेल्दै गरेको छोरा छोरीलाई केही भईहाल्छ की भन्ने चिन्ताले आमा बुवा पिरोलिरहेको अवस्था छ । अगामि दिनमा खेलाडीहरुको जीवन बीमा गरेर ढुक्क भएर खेल्ने खालको वातावरण बनाउनु पर्ने अवस्था छ त्यसलाई नीतिगत रुपमा अगाडि बढाउने कार्य भईरहेको छ । ’
मन्त्री लिम्बूले भौतिक पूर्वाधारको क्षेत्रमा पुँजीगत खर्च ९ प्रतिशत मात्र गरेको देखिएकोले यसको लागि छुुट्टै ईकाइ निमार्ण गरेर समयमा नै पूर्वाधार निमार्ण सम्पन्न गर्नु पर्ने बताए ।
युवा नीति २०७२ लाइ संशोधन गरेर युवाहरुलाइ सशक्तीकरण गर्ने र प्रोत्साहन गर्ने उनको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया