अभियान लघुवित्तको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

लोकपथ
91
Shares

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाको तेस्रो वार्षिक साधारण सभा बिहिबार पनौती स्थित ताम्राकार पार्टी भेन्यूमा सम्पन्न भएको छ । संस्थाको अध्यक्ष बाबुराम थापाको अध्यक्षतामा बार्षिक साधारण सभा सम्पन्न भएको हो ।

संस्थाका का.मु प्रमुख कार्यकारी अधिकृत रोशन कुमार अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्दै संस्थाको वर्तमान अवस्था र विद्यमान समस्या बारे जानकारी गराएका थिए ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत आ.व. २०७८/०७९ को वार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित गर्यो । साथै सभाले सञ्चालक समितिले सर्वसाधारण शेयरधनीको तर्फबाट उमेश दाहाल र नारायण प्रसाद प्रसाइ लाई सञ्चालकमा मनोनित गरेको निर्णय अनुमोदन गर्यो । सभामा पछिल्लो समय लघुवित्त माथि थपिएको चुनौतिका विषयमा छलफल चलेको थियो ।

आ.व. २०७८/०७९ मा संस्थाको सबै वित्तिय सूचाङ्कहरु उत्साहप्रद रहेको छ । चालू आ.व. मा नै सर्वसाधारणमा शेयर जारी गरेको संस्थाको चुक्ता पूँजी २५ करोड रहेको छ । काभ्रेको पनौतीमा केन्द्रीय कार्यालय रहेको संस्थाले आ.व. २०७८/०७९ सम्ममा देशभर २१ जिल्लाका ६० वटा शाखामार्फत सेवा प्रदान गर्दै आएको जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?