काठमाडौं । शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा झम्सिखेल युथ क्लबले विजयी शुरुवात गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा शुक्रवार भएको पहिलो खेलमा झम्सिखेल युथ क्लबले ब्वाइज युनियन क्लबलाई एक-शुन्य गोल अन्तरले पराजित गरेको हो । झम्सिखेलका लागि खेलको ३९ औँ मिनेटमा एलिस लुङगेलीले गरेको एक मात्र गोल नै निर्णायक बनेको थियो ।
याे लिगको विजेताले आठ लाख पाउने छ । उपविजेताले पाँच लाख, तेस्रो हुनेले तीन लाख र चौथो हुने टोलीले दुई लाख पाउनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया