नेपालको शिक्षामा परिवर्तन आवश्यक छ : प्रदीप पौडेल

लोकपथ
28
Shares

काठमाडौं । प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले, नेपालको परिवर्तन गर्न पहिला शिक्षा क्षेत्रको परिवर्तन गर्न आवश्यक भएको बताएका छन् ।

शनिबार परिवर्तन अभियान नेपालले, आयोजना गरेको एक कार्यक्रममा सांसद पौडेलले नेपालको विकास र परिवर्तनका लागि शैक्षिक क्षेत्रको परिवर्तन तथा मानसिकतालाई परिवर्तन गर्न आवश्यक भएको बताए ।

उनले भने, ‘नेपाल परिवर्तन गर्नका निम्ति नेपालको शिक्षा र मानसिकता परिवर्तन गर्न जरुरी छ । नेपाल परिवर्तनका लागि नयाँ शैली र तरिकाबाट सुरुवात गर्न जरुरी छ ।’

उनले परिवर्तनको लागि युवाले गर्न सक्ने योगदानको चर्चा गर्दै विद्यार्थी वर्गबाट शिक्षामा परिवर्तनको लागि नेतृत्वदायी भूमिका निर्वाह हुनुपर्ने धारणा पनि राखे ।

पौडेलले जुनसुकै क्षेत्रको परिवर्तनको लागि पनि आजको पुस्ताको नेतृत्व ल्याउनुपर्ने आवश्यकता औंल्याए ।
त्यस्तै, कार्यक्रममा तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले नगरपालिकामा रहेको सामुदायीक विद्यालयहरुको अवस्था सुधार गरेर संस्थागत विद्यालय सरहकै सेवा र शैक्षिक वातावरण निर्माण गरेको दाबी गरे ।
उनले नगरपािलका भित्र रहेका २१ वटै सामुदायीक विद्यालयका सम्बन्धित निकायसंग छलफल गरेर विद्यालयको शैक्षिक वातावरण सुधारेको उल्लेख गर्दै बजेटमा पनि शैक्षिक क्षेत्रलाई प्राथमिकता दिएको र तारकेश्वरलाई शैक्षिक हब बनाउन सकिने बताए ।

उनले भने, ‘पहिला अस्तव्यस्त रहेको सामुदायीक विद्यालयहरुको सुधार गर्ने क्रममा हामीले धेरै काम र प्रयास गरेका छौं। सामुदायीक विद्यालयमा म कहिले काँही अनुगमन गर्न जने क्रममा देख्छु पहिलाको जस्तो विद्यालय र शैक्षिक वातावरण अहिले भद्रगोल छैन् । अहिले सामुदायीक स्कूल पनि सस्थागत स्कूल जस्तै गरी सुचारु भएको देख्दै गर्दा पक्कै अव तारकेश्वर नगरपालिकामा शैक्षिक हब बनाउन सकिने अवस्थाको मैले अनुभव गरेको छु ।’

उनले एसइई दिएर बसेका विद्यार्थीहरुलाई सोचेर विषय छनौंट गरी भविष्यको निर्णय गर्न आग्रह गर्दै आगामी समयमा तारकेश्वरमा रोजगारी सहितको क्षिक्षा प्रदान गर्ने अभियान चलाएको बताए ।

महर्जनले भने, ‘शैक्षिक वातावरणको सुधारका लागि तारकेश्वरमा रोजगार सहितको शिक्षा प्रदान गर्ने गरी नगरपालिकाले अभियान चलाएको छ । अब सैद्धान्तिक मात्र होइन व्यवहारीक शिक्षामा जानुपर्छ । भोली डाक्टर,पाइलट, इन्जिनियर बन्ने हो भने त्यहि खालको सोच विकास र परिकल्पना गर्ने खालको शिक्षा दिनुपर्छ भन्ने कुरामा लागि परेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?