सातौं संस्करणको महिला एनभीए पिएम क्लब भलिबलको उपाधि नेपाल पुलिसलाई

लोकपथ
56
Shares

काठमाडौं । सातौं संस्करणको महिला तथा पुरुष एनभीए पिएम क्लब भलिबलमा महिलातर्फको उपाधि नेपाल पुलिस क्लबले जितेको छ।

शनिबार विभागीय टोली बीच भएको फाइनलमा पुलिसले एपिएफ क्लबलाई पराजित गर्दै उपाधि जितेको हो।
त्रिपुरेश्वरस्थित राखेपको कभर्ड भएको खेलमा पुलिसले एपिएफलाई २५— १२, २१–२५, २५–२३ र २५–१९ सेटमा पराजित गरेको हो।

एपिएफविरुद्ध पुलिसले पहिलो सेट २५–१२ ले जित्दा दोस्रो सेट २१–२५ ले गुमाएको थियो ।
तेस्रो सेट २५–२३ ले जितेको पुलिसले चौथो सेट २५–१९ ले आफ्नो पोल्टामा पार्दै उपाधि चुमेको हो ।

प्रतियोगितामा पुलिस अपराजित रहदैैँ च्याम्पियन बनेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?