वर्षा भएपछि गहुँबालीमा राहत

लहान ।  वर्षा भएपछि सिरहा र सप्तरीका किसानलाई राहत पुगेको छ । 

गहुँबालीमा सिँचाइ गर्न नसकेका किसान गएराति र शुक्रवार बिहान भएको वर्षाका कारण खुशी भएका हुन् । 

लामो समयपछि भएको वर्षाले गहुँबालीमा ठूलो राहत पुगेको किसानको भनाइ छ । धानबाली भित्र्याएर खेतमा गहुँबाली लगाए पनि सिँचाइ सुविधा नहुँदा चिन्तामा थिए, सिरहाको लहान १५ का किसान लक्ष्मण चौधरीले भने, ‘राति र बिहानको वर्षाले गहुँबालीलाई राम्रो भएको छ, यसबाट बिरुवालाई हुर्किन मद्दत पुग्छ ।’

वर्षाले तत्कालका लागि सिँचाइको चिन्ताबाट मुक्तसमेत भएको उनको भनाइ छ । 

सिँचाइ सुविधा नहुँदा यहाँका अधिकांश किसान आकाशेपानीको भरमा खेती गर्दै आएका छन् । सिरहा जिल्लामा कूल खेतीयोग्य जग्गामध्ये १८ हजार हेक्टर क्षेत्रफलमा गहुँखेती हुँदै आएको छ । त्यस्तै वर्षासँगै चिसोसमेत अत्यधिक बढेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?