काठमाडौं । नेपाल भलिबल संघले कप्तान हरिहजुर थापालाई राष्ट्रिय टिमको जिम्मेवारीबाट हटाएको छ ।
त्रिपुरेश्वर स्थित दशरथ रंगशालमा जारी सातौ सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष राष्ट्रिय क्लब लिगको खेलमा दर्शकमाथि भएको दुव्र्यवहारसँग जोडिएको घटनाका कारण थापालाई राष्ट्रिय टोलीको कप्तानबाट वर्खास्त गरिएको हो ।
प्रतियोगताको क्रममा गत सोमबार गण्डकी र त्रिभूवन आर्मी क्लबबीचको खेलमा आर्मीका खेलाडीहरुले कभर्ड हलमा रहेका दर्शकमाथि हातपात गरेका थिए । आर्मीको टोलीको कप्तान रहेका थापाले यो घटनामा कुनै खेल भावनाको भूमिका निर्वाह नगरेको निष्कर्ष निकालिएको छ ।
घटनापछि गठित ५ सदस्यीय छानविन समितिले बुझाएको प्रतिवेदन र दिएको सिफारिसको आधारमा कप्तान थापाललाई नेपाल भलिबल संघले जिम्मेवारीबाट हटाएको हो ।
छानबिन समितिको सिफारिसको आधारमा सो दिनको खेलमा रेफ्रीको भूमिकामा रहेका चित्र गुरुङ र अनिल रानालाई पनि कारवाही गरेको छ । कारवाही स्वरुप उनीहरुले अब क्लब च्याम्पियनसिप र क्लब लिगमा निर्णायकको भूमिका निर्वाह गर्न नपाउने भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया