आशा लघुवित्त र राष्ट्र उत्थान लघुवित्तको एकीकृत कारोवार शुरु

लोकपथ
77
Shares

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था र राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले एकीकृत कारोबार शुरु गरेका छन् ।

राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्थाको रुपमा ईजाजतपत्रप्राप्त बागमती प्रदेश नुवाकोट जिल्ला, ककनी गा.पा.–०६ जुरेथुममा रजिष्टर्ड कार्यालय रहेको आशा लघुवित्तले बागमती प्रदेश काभ्रेपलाञ्चोक जिल्ला, बनेपा न.पा.–१३ सांगामा रजिष्टर्ड कार्यालय रहेको राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गरी आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट आईतबारबाट एकीकृत कारोबार शुरु गरेको हो ।

शुभारम्भ कार्यक्रम साविक आशा लघुवित्त वित्तीय संस्था लि.को अध्यक्ष निर्गुण प्रसाद भट्टचनको सभापतित्व तथा संस्थापक अध्यक्ष राम बहादुर पाण्डेको प्रमुख आतिथ्यमा सुरुवात भएको उक्त कार्यक्रममा प्रमुख अतिथि राम बहादुर पाण्डेले केन्द्रीय कार्यलयमा रिवन काटी पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए ।

विहान ९ बजे शुरु भएको कार्यक्रममा साविक राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडकी कार्यकारी निर्देशक जया लोहनीले स्वागत मन्तव्य व्यक्त गरेकी थिईन । शुभारम्भ कार्यक्रमा अतिथिहरु रमेश सिंह खड्का तथा शंकर प्रसाद कालिकोटाले मन्तव्य व्यक्त गर्दै उत्तरोत्तर प्रगतिको कामना गरेका थिए । शुभारम्भ कार्यक्रमको सञ्चालन साविक आशा लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालले गरेका थिए । उक्त कार्यक्रमा दवै संस्था तर्फका पुर्व अध्यक्ष, संचालक तथा प्रमुख कार्यकारी अधिकृतहरु लाई प्रमुख अथिती रामबादुर पाण्डे तथा कार्यक्रमा सभापति निर्गुण प्रसाद भट्टचनले प्रशंसा पत्र प्रदान गरी सम्मान गरेका थिए ।

एकीकृत कारेवार पश्चात आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको चैत्र मसान्तको वित्तीय प्रतिवेदको आधारमा संस्थाको कुल चुक्ता पुँजी ६४ करोड १६ लाख १६ हजार, जगेडा कोष २४ करोड ९९ लाख ६३ हजार आठ सय ७०, बचत संकलन दुई अर्ब ७५ करोड ३६ लाख १५ हजार तीन सय २०, कुल लगानीमा रहिरहेको कर्जा आठ अर्ब ७३ करोड १७ लाख ३७ हजार एक सय ९०, कुल शाखा कार्यालय संख्या एक सय ५६, कुल सदस्य संख्या एक लाख २९ हजार चार सय ४२, कुल ऋणी संख्या ७३ हजार छ सय पाँच कुल कर्मचारी संख्या छ सय १२ पुग्ने वित्तीय संस्थाले जानकारी दिएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?