काठमाडौं । श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले भारत ए विरुद्ध ब्याटिङ गरिरहेको छ ।
कोलोम्बोस्थित आर प्रेमदासा स्टेडियममा शुरु भएको खेलमा नेपालका लागि दोस्रो विकेटका रुपमा आशिफ शेख आउट भएका हुन् । आशिफले १५ बलमा ७ रन जाेडेका हुन् । नेपालले ५.१ ओभरमा २ विकेटको क्षेतिमा २७ रन जोडेको छ ।
समूह बी मा रहेको नेपाल पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेटले पराजित भएको थियो ।
भारत एले पहिलो खेलमा यूएई एलाई हराएर उत्कृष्ट सुरुवात गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया