राष्ट्रियसभा उपाध्यक्ष अर्यालको सम्पत्ति : प्यूठानमा १५ रोपनी जग्गा, १२ तोला सुन (पूर्ण विवरण)

लोकपथ
168
Shares

काठमाडौं । राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले सम्पत्ति विवरण सार्वजनिक गरेकी छन् ।

उनले आज सम्पत्ति विवरण सार्वजनिक गरेकी हुन् ।

उपाध्यक्ष अर्यालले आर्थिक वर्ष २०७९÷८० को सम्पत्ति विवरण सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखामा बुझाएकी हुन भने उनले सार्वजनिक गरेको सम्पत्ति विवरणको दर्ता नं। १ रहेको छ ।

सार्वजनिक गरिएको सम्पती अनुसार देशका विभिन्न स्थानमा घडेरी देखिएको छ ।

जसअनुसार प्यूठानमा १५ रोपनी जग्गा (श्रीमानको नाममा) रहेको छ । त्यसैगरी विरगञ्ज महानगरपालिका वडा नं १४ मा ‍जग्गा ३ कठ्ठा ८ धुर श्रीमान यमबहादुर थापाको नाममा रहेको स्रोत श्रीमान र आफ्नो आयबाट खरिद गरिएको देखाइएको छ । भने बुढानिलकण्ठ नगरपालिका वडा नं ४ मा १८ आना घडेरी ४ करोडमा किनेको, बालकोटको घर जग्गा बेचेको पैसा र सावल सहकारी संस्थाबाट २ करोड ५३ लाख ऋण लिएर खरिद गरेको देखाइएको छ ।

त्यसैगरी जग्गाजमिनसहित गरगहना समेत पञ्सस्त रहेको पाइएको छ । जसमा सुनको गहना १२ तोला (दाइजो बापत प्राप्त), हिराको गहना १ सेट (दाइजो बापत प्राप्त), निलमको गहना १ सेट (दाइजो बापत प्राप्त) र चाँदी अन्दाजी ३०० तोला स्रोत स्वआर्जन र श्रीमानको आर्जनबाट किनेको र दाइजो तथा उपहार वापत प्राप्त गरेको उल्ल्लेख गरिएको छ ।

यता नगद पैसा भने एभरेष्ट बैंक र राष्ट्रिय बाणिज्य बैकमा गरेर ७४००० हजार मात्र देखाइएको छ ।

संघीय संसद् सचिवालयले एक सूचना प्रकाशित गरी साउन १ गतेदेखि भदौ २८ गतेभित्र सम्पत्ति विवरण बुझाउन संघीय संसद्का दुवै सदनका सदस्यहरुलाई अनुरोध गरेको छ ।

अन्य सम्पती कति छ ?

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?