काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपाल १ सय ६७ रनमा अलआउट भएको छ ।
श्रीलंकाको आर प्रेमदासा रंगशालामा टस जितेर भारत ए विरुद्ध ब्याटिङ रोजेको नेपालले ३९ दशमलब २ ओभरमा १ सय ६७ रनमा अलआउट भएको हो ।
नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ६५ रन बनाए । गुलसन झाले ३८ रन बनाए ।
ओपनर कुशल भुर्तेल दोस्रो बलमै आउट भएका थिए ।
भारत ए का लागि निशान्त सिन्धुले ४ विकेट लिए । राजवर्धन हंगागेकारले ३ तथा हर्षित रानाले २ विकेट लिए ।
नेपाल पहिलो जितको खोजीमा रहेको छ । नेपाललाई सेमिफाइनलको सम्भावना कायमै राख्न यस खेल जित्नै पर्ने हुन्छ ।
नेपाल पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेटले पराजित भएको थियो ।
नेपालले समूह चरणको अन्तिम खेलमा बुधबार युएई ए सँग खेल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया