आज देशभर पानी पर्ने सम्भावना, यी प्रदेशमा भने चट्याङ्गसहित भारी वर्षा हुने

लोकपथ
147
Shares

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले गण्डकी र सुदूरपश्चिम प्रदेशमा आज चट्याङ्ग सहित भारी वर्षा हुने जनाएको छ ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर रहेकाले आज देशभरको मौसम सामान्य देखि पूर्ण बदली रहनेछ ।

मंगलबार कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा गण्डकी, लुम्बिनी, बागमती र कोशी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा र मधेश प्रदेशका एक वा दुई स्थानमा हल्का देखि मध्यम वर्षा हुने महाशाखाले उल्लेख गरेको छ ।

आज राती देशभर मौसम आंशिक देखी सामान्य रहनेछ । राती देशका पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी भू–भागका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

हाल काठमाडौं उपत्यका सहित बागमती प्रदेशको थोरै स्थानमा हल्का वर्षा भैरहेको छ ।

गत २४ घण्टामा कास्कीको पोखरा र लुम्मलेमा सबैभन्दा धेरै पानी परेको छ । दुवै स्थानमा समान ५८ दशमलव ९ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै,धनगढीमा ३६ दशमलव १,काठमाडौंमा १५ दशमवल १ र जिरीमा पनि ११ दशमलव २ मिलिमिटर वर्षा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?