खेल क्षेत्र र खेलाडिको विकासका लागि साझा प्रयत्न जरुरी छ : खेलकुद मन्त्री लिम्बु

लोकपथ
35
Shares

काठमाडौं । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले खेल क्षेत्र र खेलाडिका लागि उपयुक्त वातावरण निर्माणका लागि सबैको प्रयत्न जरुरी रहेको बताएका छन् ।

युनिलिभर नेपाल लिमिटेडले र अखिल नेपाल फुटवल संघ एन्फाबीच भएको सहयोग सम्बन्धी सम्झौता कार्यक्रममा उनले खेलाडि र खेल क्षेत्रको वृत्ति विकास गर्न सक्ने वातावरण निर्माण गर्नका लागि साझा प्रयत्न आवश्यक भएको बताएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले खेलाडिको वृत्ति विकासका गर्न सक्ने वातावरण निर्माणमा सबैको साझा प्रयत्न जरुरी भएको बताए ।

उनले भने, ‘खेल क्षेत्रको माध्यमबाट खेलाडिहरुको वृत्ति विकास गर्न सक्ने खालको वातावरण विकास गर्नको लागि सबै मिलेर साझाा प्रयत्न गर्न जरुरी छ । सबै मिलेर जान सकेमात्र सबै ठाउँमा जित निकाल्न सक्छौं भन्ने मलाई विश्वास छ ।’

त्यस्तै, उनले खेलाडिहरुको जीवन सहज पार्न नीतिगत रुपबाटै खेलाडिको जीवन विमा गरेर व्यवस्थित रुपमा खेल्ने वातावरण निर्माणका लागि लागेको जानकारी पनि गराए ।

‘खेलाडिहरुको जीवन बीमा गरेर सुरक्षित रुपमा खेल्न सक्ने वातावरण निर्माणका लागि अगाडि बढेका छौं । नीतिगत सुधार गरेर अगाडि बढ्ने क्रममा छौं । सरकारले सबै खेलाडिहरुलाई समेट्न सकेको छैन् । कसरी धेरै भन्दा धेरै खेलाडिका लागि बढी भन्दा बढी सुविधा उपलब्ध गराउने, पूर्वाधारको विकास गर्ने त्यो विषयमा मन्त्रालय अत्यन्तै चिन्तित रहेको छ,’ मन्त्री गुरुङले भने ।

खेल क्षेत्र र पूर्वाधारको विकासका लागि सरकार एक्लैले काम गर्न नसक्ने भन्दै गुरुङले निजि क्षेत्रसंगै सबै क्षेत्रको साथको आवश्यकता रहेको र सबैले मिलेर खेल क्षेत्रको विकास र प्रर्वद्धन गर्न सकिने धारणा राखे ।

उनले पछिल्लो समय खेलकुदको माध्यमबाट नेपाललाई चिनाउने अवसर मिलेको भन्दै खेल क्षेत्रका खेलाडिहरुको प्रशंसा गरे । ‘पछिल्लो समय खेलकुदको क्षेत्रबाट जुन सफलता हामीले प्राप्त गरेका छौं, संसारले नेपाललाई चिन्ने जुन अवसर पाएका छन्,त्यसको जस सबै खेलाडि साथीहरुको हो । थुप्रै आवश्यकता र अत्यन्त सिमित स्रोत र साधनको बीचमा उहाँहरुले जुन मिहेनत गरिरहनु भएको छ म धन्यवाद दिन चाहान्छु ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?